समाज


जेनजी आन्दोलनमा मिसिल जल्दा काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन

जेनजी आन्दोलनमा मिसिल जल्दा काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन

फाइल फोटो


नेपालखबर
साउन ५, २०८३ मंगलबार ११:५१, काठमाडौँ

जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न नसकिएको जनाएको छ। 

गत आर्थिक वर्षमा काठमाडाैँ जिल्ला अदालतमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको जिल्ला अदालत काठमाडौँका प्रमुख न्यायाधीश चुडामणि खड्काले जानकारी दिए।

दुई हजार २३० थान मुद्दा जलेकामा १९० थान मुद्दा फेला पार्न बाँकी रहेको छ। अदालतमा गत मङ्सिर १४ गतेबाट नियमति सुनुवाइ भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad