राजनीति


एमालेको विधान महाधिवेशन : ओलीसहितको ६ सदस्यीय अध्यक्षमण्डल

एमालेको विधान महाधिवेशन : ओलीसहितको ६ सदस्यीय अध्यक्षमण्डल

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १३:५६, काठमाडौँ

नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ। ओलीले एक भव्य समारोहबीच पानसमा बत्ती बालेर विधान महाधिवेशनको उद्घाटन गरेका छन्।

तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ सदस्यीय अध्यक्षमण्डल बनाइएको छ।

अध्यक्षमण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्। त्यस्तै स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल', सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्ड र छविलाल विश्वकर्मा रहेका छन्। 

एमालेका अर्का उपाध्यक्ष भीम रावललाई भने प्रस्ताव मस्यौदा समितिमा राखिएको छ। यो विधान महाधिवेशनमा अर्का उपाध्यक्ष वामदेव गौतम उपस्थित छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad