समाज


कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, जलेर एक जनाको मृत्यु

कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, जलेर एक जनाको मृत्यु

नेपालखबर
साउन ५, २०८३ मंगलबार १२:१८, काठमाडौँ

काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

मंगलबार बिहान ११:२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काडमाडौका प्रमुख एसएसपी दिलिप घिमिरेले बताए। 

पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। गाडीभित्रै रहेका व्यक्तिको मृत्यु भएको एसएसपी घिमिरेले बताए। 

मृतकको पहिचान खुलेको छैन। मृतक व्यक्ति चालकको सिटमा रहेको उनले बताए। उनी पुरुष रहेका छन्।

प्रहरीका अनुसार, यो गाडी नविल बैंकको नाममा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad