समाज


पतिसँग झगडा पर्दा बौद्धमा महिलाले लगाइन् आफ्नै जिउमा आगो

पतिसँग झगडा पर्दा बौद्धमा महिलाले लगाइन् आफ्नै जिउमा आगो

शरीरमा आगो लगाएकी महिलाको उपचार भइरहेको कीर्तिपुर बर्न अस्पताल


नेपालखबर
साउन ५, २०८३ मंगलबार ९:२६, काठमाडौँ

काठमाडौँको बौद्धमा एक महिलाले आफ्नो जिउमा आफैँले पेट्रोल छर्केर आगो लगाएकी छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आज (मंगलबार) बिहान २:५० बजेतिर काठमाडौँ महानगरपालिका-६, बौद्ध गेटनजिक २७ कि सालु गुरुङले आत्मदाह प्रयास गरेकी हुन्। 

काभ्रेपलाञ्चोक तेमाल गाउपालिका-३ घर भई हाल काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी बस्ने उनले श्रीमान्‌सँग विवाद हुँदा आफ्नै खाजाघर पछाडिको पार्किङमा आफ्नो शरीरमा पेट्रोल छर्की आगो लगाएको उनले बताए। 

उनको श्रीमान्‌ले फेला पारी आगो निभाई उपचारका लागी सुष्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए। त्यहाँ सामान्य उपचारपछि सालुलाई कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको एसपी भट्टराईले जानकारी दिए।

‘उनको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको छ’, एसपी भट्टराईले नेपालखबरसँग भने, ‘हल्का बोल्न सक्ने अवस्था छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad