राजनीति


ओली आज बस्ने सर्वदलीय बैठकमा जालान्?

ओली आज बस्ने सर्वदलीय बैठकमा जालान्?

नेपालखबर
असोज १४, २०७८ बिहिबार ८:०, काठमाडौँ

नेकपा एमालेले नै संसदमा निरन्तर गरिरहेको अवरोध अन्त्यबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) सर्वदलीय बैठक राख्दै छन्। 

जसमा सहभागिताका लागि संसदमा प्रतिनिधित्व गरिरहेका सबै दलका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ। 

यसअघि सभामुख अग्नि सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा पनि नगएका एमाले अध्यक्ष ओली आजको सर्वदलीय बैठकमा जालान् किन नजालान्? आम चासो छ। 

सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान १० बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

यो पनि : ​प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

तर बिहान करिब ८ बजेसम्म पूर्वप्रधानमन्त्री ओली बैठकमा सहभागी हुने नहुने निश्चित भइसकेको छैन। 

यस विषयमा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई बिहीबार बिहान नेपालखबरले जिज्ञासा राख्दा उनले यसबारे आफू ‘अपडेट नभएको’ बताए।

यो पनि : ​एमालेले आज पत्रकार सम्मेलन गर्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad