समाज


मनास्लु हिमाल आरोहणका क्रममा क्यानाडाका नागरिकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा क्यानाडाका नागरिकको मृत्यु

नेपालखबर
असोज १४, २०७८ बिहिबार ६:१६, काठमाडौँ

नेपाल भ्रमणमा आएका क्यानाडाका एक नागरिकको गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा मृत्यु भएको छ। 

क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको हिमाल आरोहणको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेपछि उनको मृत्यु भएको हो।

हिमाल आरोहणका क्रममा अचानक ढलेर बेहोस भएपछि तत्कालै उनको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।

उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणमा गएका थिए। उनको शव कैलाश एअरको हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad