भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडेमा रहेको कमलपोखरीमा डुबेर ६ वर्षीय एक बालकको मृत्यु भएको छ।
खोटाङको जन्तेढुंगा गाउँपालिका घर भई हाल बोडेमा डेरागरी बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशनको बिहीबार पोखरीमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बालकलाई तत्कालै उपचारको लागि नागरीक अस्पताल गठ्ठाघर लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको वृत्तका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।
पोखरीमा डुबेर बालकको मृत्यु भएको घटनामा थप अनुसन्धान अघि बढाइएको डिएसपी गिरीले बताए।
3
Shares

प्रतिक्रिया