ad ad

समाज


कञ्चनपुरमा भारतीय तस्कर समूहद्वारा सशस्त्र प्रहरीलाई आक्रमण (भिडिओ)

कञ्चनपुरमा भारतीय तस्कर समूहद्वारा सशस्त्र प्रहरीलाई आक्रमण (भिडिओ)

गोकुल जोशी
असोज ५, २०७८ मंगलबार ८:७, काठमाडौँ

कञ्चनपुरमा भारतीय तस्करको समूहले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई आक्रमण गरेको छ।

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–८ मा अवैध सामान रोक्न खोज्दा सशस्त्र प्रहरीका तीन जना जवानविरुद्ध आक्रमण भएको हो।

सोमबार राति नेपाल–भारत सीमामा ड्युटीमा खटिएका सुदीप सुनारसहित तीन जना सशस्त्र प्रहरीका जवान कुटिएका हुन्। 

‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौँ। त्यही क्रममा एक जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चिनीको बोरा लिएर आइरहेको थिए’, आक्रमणमा परेका सुनारले नेपालखबरसँग भने, ‘हामीले ओसारपसार गरिरहेको अवैध चिनी नियन्त्रणमा लिन खोज्दा ८/९ जनाको समूह नै आएर कुटपिट गरे।’

नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसारपसार गरिरहेका थिए। सशस्त्र प्रहरीले तिनीहरूलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो। तर ८ जनाको समूहमा रहेका तस्करले प्रहरीलाई आक्रमण गरेका हुन्। 

त्यसपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको चिनी र मोटरसाइकल लिएर तस्कर फरार भएका हुन्। 

भारतीय तस्करको आक्रमणबाट घाइते सशस्त्र प्रहरी जवानको उपचार दोधारा–चाँदनी हेल्थ पोस्टमा भइरहेको छ।

तस्करको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरी अस्पतालमा उपचार गराउँदै गरेको भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .