ad ad

समाज


बुटवल उपमहानगरका मेयर सुवेदीमाथि स्थानीयवासीले गरे आक्रमण

बुटवल उपमहानगरका मेयर सुवेदीमाथि स्थानीयवासीले गरे आक्रमण

नेपालखबर
असोज ४, २०७८ सोमबार १३:१८, काठमाडौँ

बुटवल। बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि ज्योतिनगरको पहिरोस्थलमा आक्रमण भएको छ।

चुरेबाट खसेको पहिरो निरीक्षण गर्न जाँदा छिटो उद्धार नगरेको भन्दै स्थानीयबासीले आक्रमण गरेका हुन्।

गत भदौ १३ गते पहिरो गए पनि अहिलेसम्म उपमहानरले उद्धार र राहत नदिएको भन्दै स्थानीयबासिन्दाले मेयर सुवेदीलाई हातपात गरेका हुन्। 

उनीहरुले सुवेदीलाई मुक्का प्रहार गरेका थिए ।

मेयर सुवेदीमाथि हातपात हुनथालेपछि प्रहरीले छेकेका थिए। प्रहरीले भने आक्रोशित भीडले नाराबाजी गरेको तर हातपात नगरेको जनाएको छ। 

‘सामान्य भनाभन र नाराबाजी भएको हो, हातपात भएको होइन’, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मनोज कुँवरले बताए।

ज्योतिनगरमा चुरे क्षेत्रमा गत भदौमा गएको पहिरोले त्यहाँका दुई दर्जन बढी घरमा क्षति पुर्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .