ad ad

खेल


स्पाइकर रियाको घुँडाको शल्यक्रिया सफल

स्पाइकर रियाको घुँडाको शल्यक्रिया सफल

नेपालखबर
असोज ४, २०७८ सोमबार १३:९, काठमाडौँ

होङ्गान्जी न्यु डायमन्ड स्पोट्र्स क्लबकी उदीयमान स्पाइकर रिया कुँवरको घुँडाकोे सफल शल्यक्रिया भएको छ। 

प्रशिक्षणका क्रममा बायाँ घुडामा चोट बोकेकी १५ वर्षीया रियाको आज सोमबार शल्यक्रिया गरिएको हो। 

घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएपछि उनको शल्यक्रिया गर्नुपरेको हो। 

डाक्टर भद्र हमालको नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो। बिहान १० बजेदेखि सुरु गरिएको शल्यक्रिया करिब २ घण्टा लगाएर सकिएको डा. हमालले बताए। 

उनले भने, ‘एसीएलको शल्यक्रिया सफल भएको छ, अब भोलिदेखि नै हामी रिह्याब सुरु गर्नेछौँ। उनलाई मैदान फर्कनका लागि ६ देखि ९ महिना लाग्नेछ। 

घुँडामा चोट बोकेपछि रियाले असोज १० गतेदेखि सुरु हुने छैटौं संस्करणको एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप गुमाउनेछिन्। 

प्रशिक्षणका क्रममा स्पाइकका लागि जम्प गर्ने प्रयास गर्दा घुँडामा सामान्य चोट बोकेको डायमन्डका प्रशिक्षक कुमार राईले बताए। 

केही समय रिह्याब गरेपछि पुनः प्रशिक्षणमा फर्किएकी उनले पुनः दुखाइ महसुस गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई गरिएको थियो। 

एमआरआई परीक्षणमा उनको घुँडाको एसीएल च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने भएको बताइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .