समाज


निर्मला हत्या प्रकरणः आईजीले बयान लिएका चौधरीले दिए प्रहरीविरुद्ध यातनाको उजुरी

निर्मला हत्या प्रकरणः आईजीले बयान लिएका चौधरीले दिए प्रहरीविरुद्ध यातनाको उजुरी

गोकुल जोशी
असार ५, २०७६ बिहिबार ७:४७,

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन डीएसपीसहित चार जनाविरुद्ध जाहेरी परेकाे छ।

 अनुसन्धानका क्रममा पक्राउ परेका भीमदत्तनगर–१८ सालघारीका विशाल चौधरीले तत्कालीन डीएसपी कृष्णराज ओझासहित अन्य तीन प्रहरीविरुद्ध यातना कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिहीबार जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा, भीमदत्तनगर–१८ स्थित सालघारीको अस्थाई प्रहरी पोस्टका तत्कालीन प्रमुख (असई) रामसिंह धामी र जिल्ला प्रहरी कार्यालयबाट खटिएका नाम र दर्जा थाहा नभएका दुई  प्रहरीविरुद्ध चौधरीले जाहेरी दिएका हुन।

pradeep n bishalनिर्मला बलात्कार तथा हत्या प्रकरणका दाेषी भनेर प्रचार गरिएका रावल र चाैधरी

निर्मला हत्या प्रकरणमा काठमाडौँबाट पक्राउ परेका प्रदीप रावलको बयानपछि विशाल गत मंसिर १९ गते कञ्चपुरको सालघारीबाट पक्राउ परेका थिए। दुवैलाई महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा राखेर प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितको टोलीले बयान लिएको थियो। यसअघि उनीहरु दुवैजनाले नेपालखबरसँग कुरा गर्दै आफूहरुलाई हत्या स्वीकार गर्न प्रहरीले शारीरिक र मानसिक यातना दिएको बताएका थिए। यातनादिएर निर्दोषलाई घटना कबुल गर्न लगाइएको समचार प्रकाशित भएपछि र डीएनए रिपाेर्ट नमिलेपछि उनीहरुलाई प्रहरीले छाडेको थियो।

अनुसन्धानको क्रममा प्रहरीले आफूहरुलाई यातना दिएर अपराध कबुल गर्न लगाएको विशालले  बताएका छन्। ‘अनुसन्धानको क्रममा धेरै यातना दिइयो, पेस्तोल देखाएर डराउने काम भयो , आँखामा पट्टी बाँधेर कुटपिट भयो', नेपालखबरसँग कुरा गर्दै विशालले भने, 'त्यसैले यातना विरुद्धमा ती प्रहरीविरुद्ध जाहेरी दिएको हुँ’, 

यता अधिकारकर्मीहरुले  प्रदीप काठमाडौँबाट पक्राउ परेकोले त्यहीँबाट  पनि मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएका छन्।

याे पनि: निर्मला प्रकरण: ‘आइजी सा’पको अगाडि ढुंगा बोल्छ’ (भिडियाे)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .