समाज


दुर्घटनामा नगरपालिकाका प्रवक्ताको मृत्यु

दुर्घटनामा नगरपालिकाका प्रवक्ताको मृत्यु

नेपालखबर
असार ५, २०७६ बिहिबार ३:१७,

बैतडीको पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ।

पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको बिहीबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा बुधबार वडा नम्बर ४ को चक्कीबगड भन्ने स्थानमा बा २ ब २५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए।

दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर लगिएको थियो। कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आइसियू) राखेर उपचार गर्दै गर्दा भट्टको बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad