लियोनल मेस्सीको पेनाल्टी गोल मद्दतमा अर्जेन्टिनाले कोपा अमेरिकामा बिहीबार बिहान भएको खेलमा पाराग्वेविरुद्ध १-१ को बराबरी खेलेको छ।
दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनाले संघर्ष गर्नुपरेको खेलमा मेस्सीले ५७औं मिनेटमा पेनाल्टी गोल गर्दै पहिलो हाफमा पाराग्वेले लिएको अग्रता बराबरी गरेका थिए।
पहिलो हाफमा पाराग्वेका रिचार्ड सेन्चोजले गोल गर्दै अर्जेन्टिनालाई पछि पारेका थिए।
अर्जेन्टिनाका गोलकिपर फ्रान्को अर्मानीले पनि अर्जेन्टिनालाई हारबाट जोगाउन ठूलो मद्दत पुर्याए। उनले दोस्रो हाफमा पाराग्वेले पाएको पेनाल्टी बचाएका थिए।
समुह बीबाट कोलम्बिया समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ। पाराग्वे २ खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। अर्जेन्टिनाले २ खेलबाट मात्र १ अंक जोडेको छ ।

प्रतिक्रिया