समाज


आफ्नै बाबुको हत्या आरोपी २० वर्षपछि पक्राउ

आफ्नै बाबुको हत्या आरोपी २० वर्षपछि पक्राउ

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १२:४७,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आफ्नै बुवाको हत्या गरी २० वर्षसम्म फरार एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको साविक स्यामपाटी गाविस–६, हाल नमोबुद्ध नगरपालिका– ११ बिमिरे गाँउका रनकाजी भन्ने रनबहादुर तामाङ छन्।

तामाङले २०५७ साल चैत २९ गते आफ्नै घरमा बाबु धमैसिंह तामाङको सामान्य घरायसी विवादमा मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार गरेर हत्या गरेको सीआईबीले जनाएको छ।

बुवाको हत्या गरी वैदेसिक रोजगारीमा कुवेत गएका तत्काल २० वर्षीय तामाङ हाल ४० वर्षको हुँदा पक्राउ परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad