समाज


आठ वटा ग्यास सिलिन्डर बिस्फोट हुँदा जनकपुरका तीन होटलमा आगलागी

आठ वटा ग्यास सिलिन्डर बिस्फोट हुँदा जनकपुरका तीन होटलमा आगलागी

नेपालखबर
असार ५, २०७६ बिहिबार २:४६,

जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आठ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा भएको आगलागीमा तीन होटल जलेका छन्।

आगलागीपछि ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको प्रहर धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

बिहान पौने ३ बजेदेखि सुरु भएको आगो ५ बजे नियन्त्रणमा आएको छ। तीन होटल जल्दा ३२ लाखको क्षति भएको प्रहरीको अनुमान छ।

कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको हो। आगलागीपछि ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको एसपी खनालले बताए।

होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको स्थानीयले बताएका छन्।

विष्फोटमा मानवीय क्षति भने भएको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएका हुन्।

गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको एसपी खनालले बताए।

जनकपुर र महेन्द्रनगरबाट गएका दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिइएको थियो। समयमै घटनामा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad