समाज


काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ४:०,

काठमाडौंमा आज (सोमबार) देखि अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सञ्चालन हुँदै छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा सुरु हुन लागेको सम्मेलन ३ दिनसम्म चल्नेछ।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ मूल नारासाथ सञ्चालन हुने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा २० देशबाट युवा वैज्ञानिक सहभागी हुँदै छन्।

नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलका अनुसार विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा लागेका युवामा भएका ज्ञान, अनुभव, सीप र क्षमता आदनप्रदान गर्न स्वदेश तथा विदेशमा रहेका करिब ३ सयजना युवा वैज्ञानिक सहभागी हुँदै छन्।

उनीहरूले निकालेको निचोडलाई प्रस्ताव पास गरी नीति निर्माणका लागि पु¥याउने नेपाल सरकारसमक्ष उनको भनाइ छ।

यस सम्मेलनले भविष्यमा सरकारलाई नीति तय गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मुलुकलाई समृद्धितर्फ लैजान युवा वैज्ञानिकले समाजमा कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयक व्यापक छलफल हुने आयोजकले जनाएका छन्।

सम्मेलनमा उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष नास्टले जनाएको छ।

सम्मेलनमा भारतीय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त वैज्ञानिक प्रा डा कृष्णलालले विज्ञान, प्रविधि र नवप्रवर्तन विषयक आफ्नो धारणा राख्नेछन्।

सम्मेलनपश्चात विज्ञान र प्रविधिको क्षेत्रमा लागेका जनशक्तिले आफ्नो पेसा मर्यादित बनाउने नास्टका वैज्ञानिकको बुझाइ छ।

सम्मेलनमा समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाका लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवा सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा छलफल हुने नास्टले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad