हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हातहतियार खरखजाना मुद्दाका फरार अभियुक्त सिरहाको बरियारपट्टी गाउँपालिका–३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ निवासी २८ वर्षीय चन्देश्वर भनिने चन्दे महरालाई पक्राउ गरेको हो।
आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
हातहतियार खरखजाना मुद्दामा सिरहा जिल्ला अदालतबाट यादवलाई छ महीना कैद र ६० हजार जरिवाना गरिएको थियो भने डाँका मुद्दामा फरार महरालाई अदालतबाट पाँच वर्ष ११ महीना चार दिन कैद र दुई लाख ४७ हजार तीन यस ५० रुपैयाँ जरिवानाको फैसला भएको थियो।
पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरी उपरीक्षक चतुर्वेदीले बताए।

प्रतिक्रिया