सप्तरीको राजविराजस्थित नेताचोकमा लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पटका बरामद गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
विशेष सूचनाको आधारमा पुगेको टोलीले जाँच गर्दा विभिन्न ब्राण्डका पाँच बोरा पटका बरामद गरेको हो। बरामद पटका अन्दाजी एक लाख ५० हजार मूल्यको रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए।
बरामद पटाका नष्ट गर्ने प्रहरीको तयारी छ।
3
Shares

प्रतिक्रिया