ad ad

समाज


कोरोना महामारीमा पनि गोसाइँकुण्डमा भक्तजनको घुइँचो

कोरोना महामारीमा पनि गोसाइँकुण्डमा भक्तजनको घुइँचो

नेपालखबर
भदौ ६, २०७८ आइतबार ७:१३, काठमाडौँ

रक्षा बन्धन पर्वका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्नका लागि दुई हजार भन्दा बढी भक्तजन रसुवाको गोसाइँकुण्ड पुगेका छन् । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिकरूपमा भक्तजन गोसाइँकुण्ड पुगेका हुन्।

जनै पूर्णिमा पर्वमा गोसाइँकुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वत तर्फ प्रस्थान गरिसकेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए। 

बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, सामाजिक दूरी कायमको जागरण एवं धार्मिक मार्गको सुरक्षा व्यवस्था मजबुत पार्न गोसाइँकुण्ड क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्ती परिचालन गरिएको छ।

औपचारिकरूपमा मेला स्थगन भए पनि तीर्थका लागि एक्कासी यात्रुको चाप बढेका कारण उच्च भागमा लेक लागेर पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थासमेत मिलाइएको छ। तिर्थयात्रुको सुरक्षाका लागि नेपाली सेनाको उद्धार टोलीसमेत तयार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .