ad ad

समाज


अफगानिस्तानबाट अहिलेसम्म कति नेपाली फर्किए?

अफगानिस्तानबाट अहिलेसम्म कति नेपाली फर्किए?

नेपालखबर
भदौ ६, २०७८ आइतबार ६:३८, काठमाडौँ

तालिबानले हतियारकै बलमा अफगानिस्तान कब्जा गरेपपछि त्यहाँ रहेका नेपाली नागरिक पनि असुरक्षा महसुस गरी धमाधम स्वदेश फर्किरहेका छन्।

यस क्रममा शनिबार साँझसम्म ५ सय ४ जना नेपाली आफ्नो मुलुक आइसकेको सरकारले जानकारी दिएको छ। 

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक शनिबार ३५ नेपाली आइपुगेसँगै स्वदेश फर्किने नागरिकको संख्या ५०४ पुगेको हो। साथै अफगानिस्तानबाट स्वदेश फर्किने क्रम जारी रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार शनिबार साँझसम्म थप ३१५ नेपालीले स्वदेश फर्किन नाम दर्ता गराइसकेका छन्।  

अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई सहयोगका लागि त्यहाँ सम्पर्क व्यक्तिका रूपमा सुरेशचन्द्र शर्माले काम गरिरहेका छन्।

स्वदेश फर्किन चाहने नेपालीले आफैं वा परिवारमार्फत कन्सुलर सेवा विभागको वेबसाइट https:nepalconsular.gov.np/ अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न तथा भाइबर र वाट्सएप सुविधासहितका मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग),+९७७ ३२६४५९ (परराष्ट्र मन्त्रालय),+९७७ ९८४१ ७९२७७४ (situationRoom,परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँदिल्ली) मा सम्पर्क गरी विवरण टिपाउन अनुरोध गरिएको छ। 

थप कुरा तलको विज्ञप्तिमा–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .