ad ad

समाज


१६ वर्षीया प्रियंकाको बलात्कारपछि हत्या आशंका, दुई किशोर पक्राउ

१६ वर्षीया प्रियंकाको बलात्कारपछि हत्या आशंका, दुई किशोर पक्राउ

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १०:१९, काठमाडौँ

दुई दिनअघि सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजना किशोरलाई पक्राउ गरेको छ।

गएको साउन ३१ गतेदेखि हराइरहेकी लालबन्दी नगरपालिका–१७ रानीगञ्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रियंकाको शव गएको मंगलबार स्थानीय खोलामा फेला परेको थियो। खोलाको बगरमा खाडल खनेर गाडेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएपी माधव बुढाथोकीले जानकारी दिए।

घरदेखि करिव ३ किलो मिटर टाढा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको बगरमा उनको शव फेला परेको हो। किशोरी बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफन्त र स्थानीयले दुई दिनपछि खोलामा किशोरीको शव फेला पारेका थिए। 

किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय दुई किशोरलाई पक्राउ गरेको छ। 

लालबन्दी नगरपालिका १७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘उनीहरुले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारिसकेका छन्,’ डिएसपी बुढाथोकीले नेपालखबरसँग भने, ‘उनीहरुले नै किशोरीको शव गाडेको ठाउँ हामीलाई देखाएका हुन्। घटनाको थप अनुसन्धान भइरहेको छ।’

स्थानीयले किशोरीको बलात्कारपछि हत्या भएको आशंका व्यक्त गरेका छन्। तर प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन। ‘हामी हत्याको कारण खोजिरहेका छौँ। अहिले यकिन भइसकेको छैन। सबै कोणबाट अनुसन्धान भइरहेको छ,’ डिएसपी बुढाथोकीले भने।

किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।  पक्राउ परेका दुबै किशोरलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाको बास्तविकता खुल्ने प्रहरीले जनाएको छ। 

प्रियंकाको हत्याको विरोधमा बुधबार स्थानीयवासीले लालबन्दीमा सडक अवरुद्ध गरेका थिए। ईलाका प्रहरी कार्यालय अगाडि भेला भएर स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।

किशोरीका बुवा राजनले पक्राउ परेका दुई किशोरविरुद्ध जबर्जस्ती करणी र हत्या अभियोगमा कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। उनीहरुलाई बुधबारै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

यो पनि

सर्लाहीमा १६ वर्षीया किशोरीको शव फेला, मृत्युको कारण खुल्न बाँकी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .