राजधानी दैनिक पत्रिकाको प्रकाशक संस्था राजधानी न्युज पब्लिकेसनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ।
कोरोना संक्रमण भएपछि नेपाल एपीएफ अस्पतालमा उपचाररत शेरचनको बुधबार बेलुका निधन भएको हो।
राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष ६७ वर्षीय शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष समेत थिए।
मिडिया अलाइन्सका उपाध्यक्ष उनी संविधान सभाका सदस्यसमेत भएका थिए। विज्ञापन बोर्डका सदस्य उनी वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्षसमेत हुन्।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन्।
पारिवारिक स्रोतका अनुसार अहिले बिहान ११ बजे पशुपति आर्यघाटस्थित इलोक्ट्रोनिक शवदाह गृहमा शेरचनको अन्तिम संस्कार गरिनेछ।
66
Shares
प्रतिक्रिया