गएको २४ घण्टामा नेपालमा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१६ हजार २९८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयलका अनुसार आज ३५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यो सहित नेपालमा ९ हजार ९५७ जनाको कोरोनाबाट मृत्यु भएको छ।
आज १ हजार ५३५ जना डिस्चार्ज भएका छन्।
गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ९०८, ललितपुर १६५ र भक्तपुर २०६ जना रहेका छन्।
आज देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, ३७८ जना आईसीयू र १५६ जना भेन्टिलेटर रहेका छन्।
हालसम्म ३९ लाख ८१ हजार २९५ जनाको परीक्षण गरिएकोमा ७ लाख ६९ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म १३ लाख २५ हजार ४३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया