कारोबार


अटो व्यवसायीका समस्या लिएर प्रधानमन्त्रीलाई भेटे नाडा प्रतिनिधिले

अटो व्यवसायीका समस्या लिएर प्रधानमन्त्रीलाई भेटे नाडा प्रतिनिधिले

नेपालखबर
साउन २०, २०७८ बुधबार १६:३२, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी अटो व्यवसायीका समस्या समाधान गर्न आग्रह गरेका छन्। 

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री देउवासँग भेट गरी उक्त आग्रह गरेको हो। 

सो क्रममा टोलीले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना समेत दिएको नाडाले जनाएको छ। 

टोलीले कोभिड १९ को कारण सरकारले आमजनताको स्वास्थ रक्षाको लागि लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोबाइलक्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशील अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गर्न आग्रह गरेको थियो। 

त्यसैगरी सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएजस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरे। 

छलफलमा उनले बन तथा वातावरण मन्त्रालयले जिप, कार भ्यान र मोटरसाइकलमा युरो–६÷बीएस–५ लागू गर्न लागेको विषय सह्राहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरे। 

छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad