समाज


स्याङ्जाको चापाकोट नगरपालिका १० दिन बन्द

स्याङ्जाको चापाकोट नगरपालिका १० दिन बन्द

नेपालखबर
साउन २०, २०७८ बुधबार १५:३७, काठमाडौँ

कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका १० दिनका लागि बन्द गरिएको छ। नगर कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले यही साउन २९ गते राति १२ः०० बजेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिए।

नगरपालिका क्षेत्र हाल उच्च स्वास्थ्य संकटमा रहेको हुँदा चापाकोट नगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए। नगरपालिकासहित नगरअन्तर्गतका वडा कार्यालय, सम्पूर्ण बैंक तथा वित्तीय संस्था, सरकारी, गैरसरकारी संघ संस्था एवं शैक्षिक संस्थाबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको उनले जानकारी दिए।

‘विश्वव्यापी महामारी तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको संक्रमणका कारण नगरभित्रका विभिन्न भागमा गम्भीर बिरामीको संख्या बढ्दै गएकाले आकस्मिकरुपमा बन्द गर्ने निर्णय गरेका हौं’, प्रमुख गिरीले भने, ‘तीव्र गतिमा फैलिरहेको कोरोनाको रोकथाम तथा नियन्त्रण गरी नागरिकको जीवन रक्षाका लागि यो कदम चालेका हौं।’

वडा–वडामा संक्रमण दर बढ्दै गइरहेकाले नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्न, अत्यावश्यक कामकाजबाहेक घरबाहिर ननिस्कन र निस्कुन परेमा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्न अनुरोध गरिएको स्वास्थ्य शाखा प्रमुख एवं सूचना अधिकारी बिन्दु कोइरालाले बताइन्।

नगरपालिकाले संक्रमितको व्यवस्थापनका लागि स्रोत व्यवस्थापन गरी १० शय्याको आइसोलेशन केयर सेन्टर निर्माण गरेको छ। नगरपालिकामा मंगलबारसम्म आठ व्यक्तिको कोभिडका कारण मृत्यु भइसकेको छ भने ५२७ मा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३७० संक्रमित निको भएका र १५७ संक्रमित अस्पताल तथा होम आइसोलेसनमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad