भारतको हिमाचल प्रदेशमा गतहप्ता खतरनाक चट्टानी पहिरो आएको थियो।
किनौर जिल्लाको उक्त ढुंगे पहिरोमा परेर ९ जनाले ज्यान गुमाएका थिए।
यतिबेला हिमाचल प्रदेशमै अर्को डरलाग्दो पहिरो गएको छ। सार्वजनिक भिडिओमा देखिएअनुसार पहिरो जाँदा एउटा पुरा पहाडको आधा हिस्सा नै भत्किएको छ।
Terrifying. Landslide in a remote part of Himachal’s Sirmaur district. (Via @manjeet_sehgal/@IndiaToday) pic.twitter.com/GIYgafxxCn
मुसलधारे वर्षा भएपछि सिरमाउर जिल्लामा यसैहप्ता यो भयानक पहिरो गएको हो। पहाड नै खस्दा सडक तथा सयौैं रुखहरु बगाएको बताइएको छ।
यो घटनामा कसैको ज्यान भने नगएको जनाइएको छ। इन्डिया टुडे
(भिडिओ)
1.0k
Shares

प्रतिक्रिया