ad ad

समाज


पाटनको हिरण्यवर्ण महाबिहार पुनर्निर्माण सुरु

पाटनको हिरण्यवर्ण महाबिहार पुनर्निर्माण सुरु

नेपालखबर
साउन १६, २०७८ शनिबार १३:४२, काठमाडौँ

ललितपुरको पाटन दरबार क्षेत्रस्थित हिरण्यवर्ण महाविहारको पुनर्निर्माण थालिएको छ। पुनर्निर्माण थालिएको अवसरमा त्यहाँ क्षमा पूजा गरिएको छ। पुन:स्थापना सुरु गर्नुपूर्व क्षमा माग्ने रीति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि क्षमा पूजा गरेका छन्। 

काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इनट्याचका अधिकारीहरुले उक्त पूजामा सहभागिता जनाएका थिए । करिब १८ करोडमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको हो। 

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो। 

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ। 

यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो।  ललितपुरमा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ, जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .