ad ad

राजनीति


जसपा संसदीय दलको बैठक सिंहदरबारमा, नेता चयन मुख्य एजेन्डा

जसपा संसदीय दलको बैठक सिंहदरबारमा, नेता चयन मुख्य एजेन्डा

नेपालखबर
साउन १६, २०७८ शनिबार १३:२९, काठमाडौँ

सत्ता साझेदार जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसिरहेको बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको  छ। 

दलको नेता चयनका लागि निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया पनि सार्वजनिक गरिसकेको छ। सुरुमा सर्वसम्मतिले दलको नेता चयन प्रयास गर्ने तयारी जसपाले गरेको छ। तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन गरिने भएको  छ। 

जसपामा दलको नेताका लागि उपेन्द्र यादव बलियो देखिएका छन्। नेताका लागि डा. बाबुराम भट्टराईले पनि आकांक्षा देखाएका छन्। जसपाले दलको बैठकमा २१ जना संघीय सांसद उपस्थित रहेको दाबी गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .