समाज


तालिबान लडाकुहरु शहर कब्जा गर्न अगाडि बढेपछि अफगानिस्तानभर कर्फ्यू जारी

तालिबान लडाकुहरु शहर कब्जा गर्न अगाडि बढेपछि अफगानिस्तानभर कर्फ्यू जारी

(अफगान सेना, तस्बिर: गेट्टी इमेज)


नेपालखबर
साउन १०, २०७८ आइतबार १३:३०,

अफगानिस्तानले देशभर कर्फ्यू लागू गरिदिएको छ। तालिबान लडाकुहरु शहर कब्जा गर्न अगाडि बढ्न थालेपछि देशभर आपतकालीन अवस्थाको घोषणा गरिएको हो।

तालिबानी लडाकुको आक्रामकतालाई रोक्न यतिबेला अफगानिस्तानले देशभर सेना परिचालन गरेको छ। सरकारले तालिबानलाई शहरमा पस्न नदिने बताएको छ।

बीबीसीका अनुसार काबुलसहित तीन प्रान्तमा बाहेक अन्य सबै प्रान्तहरुमा राति १० बजेदेखि बिहान चार बजेसम्म कुनै पनि किसिमको आवगमनलाई अनुमति दिइएको छैन।

पछिल्लो दुई महिनामा जब अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरु अफगानिस्तान छाडेर देश फर्किरहेका छन् तबबाट तालिबानले हिंसा मच्चाउन सुरुवात गरेको हो।

यतिबेला तालिबानले सरकारी सेनाविरुद्ध कारवाही गर्दै विभिन्न क्षेत्र आफ्नो नियन्त्रणमा लिन थालेको छ।

यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै

- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए

बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं

- अमेरिकी सेनाले तालिबानविरुद्ध फेरि थाल्यो आक्रमण, अफगान युद्ध अन्त्य नहुने संकेत
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .