ad ad

समाज


कोरानाको अर्काे खतरनाक भेरिएन्ट भेटियो, भारतमा ‘अलर्ट’ जारी

कोरानाको अर्काे खतरनाक भेरिएन्ट भेटियो, भारतमा ‘अलर्ट’ जारी

नेपालखबर
साउन १०, २०७८ आइतबार ८:५२,

कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ देखापरेपछि वैज्ञानिक चिन्तामा परेका छन्।

पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका छन्। 

यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको वैज्ञानिकको भनाइ छ। 

यो भेरिएन्ट छिमेकी मुलुक भारतमा देखापरिसकेको त छैन तर जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। त्यहाँका नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ। 

नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा. विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन (म्युटेसन) भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलाई डेल्टा–३ पनि भनिन्छ। यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’

यसअघि कोरोनाका धेरैथरी भेरिएन्ट फेला परिसकेका छन्। यो पछिल्लो भेरिएन्ट भएको वैज्ञानिकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .