ad ad

समाज


विषालु च्याउको तरकारी खाँदा बाबु-छोराकै मृत्यु

विषालु च्याउको तरकारी खाँदा बाबु-छोराकै मृत्यु

नेपालखबर
साउन १०, २०७८ आइतबार ८:२६,

इलामको फाकफोकथुम गाउँपालिकामा जंगली च्याउको तरकारी खाँदा बाबुछोराकै मृत्यु भएको छ।

फाकफोकथुम- १ लुम्सुङवाङका ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका १२ वर्षीय छोरा दिवस लिम्बुको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

एक साताअघि घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाँदा  उनीहरु गम्भीर बिरामी परेका थिए। समयमै उपचार नहुँदा उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन्। 

गम्भीर बिरामी पर्दा पनि उपचार नगरी झारफुककै भर पर्दा उनीहरुको मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .