ad ad

समाज


पेगाससको माध्यमबाट मोदीका आलोचकसहित भारतका ४० पत्रकारको जासुसी

पेगाससको माध्यमबाट मोदीका आलोचकसहित भारतका ४० पत्रकारको जासुसी

(फाइल तस्बिर)


नेपालखबर
साउन ४, २०७८ सोमबार १२:१७,

पेगासस सफ्टवेयरको माध्यमबाट भारतका ४० सहित विश्वभरका १८० पत्रकार, अधिकारकर्मी तथा चर्चित व्यक्तित्वहरुको जासुसी भएको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

आइतबार सार्वजनिक रिपोर्टअनुसार बेलायती पत्रिका फाइनान्सियल टाइम्सका सम्पादकसँगै द इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्सका पत्रकार र सम्पादक पनि जासुसको तारो बनेका छन्।

द प्रिन्टका अनुसार हिन्दुस्तान टाइम्सका कार्यकारी सम्पादक शिशिर गुप्ता, सोही पत्रिकामा आवद्ध प्रशान्त झा, राहुल सिंह, द इन्डियन एक्सप्रेसका पत्रकार सुशान्त सिंह लगायत भारतीय पत्रकारको मोबाइल नम्बर पेगासस सफ्टवेयरको डेटाबेसमा देखिएको छ।

यो सफ्टवेयर इजरायलको एनएसओ ग्रुपले बनाउँछ जुन सरकारलाई मात्र बेचिन्छ। भारतका धेरै व्यक्तिको नम्बर यो सफ्टवेयरमा पाइएको छ। यद्यपी भारत सरकारले यो सफ्टवेयर चलाउँछ कि चलाउँदैन भनेर खुलाइएको छैन।

अनुसन्धानमा एमनेस्टी इन्टरनेसनल, द गार्जियन, वासिङ्टन पोस्ट, द वायर लगायत मेक्सिको, अरब र युरोपेली संचारमाध्यमले सहकार्य गरेका थिए।

भारत, अजरबैजान, बहराइन, हंगेरी, काजिकिस्तान, मेक्सिको, मोरोक्को, रुवान्डा, साउदी अरब तथा यूएइका फोन नम्बरहरु यो सफ्टवेयरमा देखिएको छ। सोही देशका सरकारले त्यहाँका मानिसहरुको जासुसी गरेको हुनसक्ने आशंका गरिएको छ।

कस्ता व्यक्ति जासुसको तारोमा?

द गार्जियनका अनुसार भारतका ३८ पत्रकार विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचकहरु जासुसको तारो बनेका छन्।

अजरबैजानका ४८ पत्रकारको पनि जासुसी भएको दाबी गरिएको छ। ती पत्रकारहरु देशमा व्याप्त भ्रष्टाचार र दमनविरुद्ध लेखिरहन्छन्।

मोरोक्कोका ३८ पत्रकार जो सरकार, भ्रष्टाचार, मानवअधिकार उल्लंघनविरुद्ध कलम चलाउन्छन् उनीहरु पनि जासुसको घेरामा रहेको बताइएको छ।

के हो पेगासस?

पेगासस जासुसी गर्ने सफ्टवेयर हो। यो इजरायलको एनएसओ ग्रुपले बनाउँछ। यो सफ्टवेयर सरकारलाई मात्र बेचिन्छ। 

यो सफ्टवेयरमार्फत् जसको फोनमा पनि मालवेयर लिंक पठाउन सकिन्छ। जब मानिसहरुले सो लिंक थिच्छन् त्यो आइओएस र एन्ड्रोइड प्रयोगकर्ताको फोनमा इन्स्टल हुन्छ।

यो सफ्टवेयरले हाम्रो फोनको सबै कुरा जासुसी गर्नसक्छ। जासुसले यो फोनको क्यामेरा, माइक्रोफोन, एप्सहरु, कन्ट्याक्ट नम्बर लगायत आफ्नो नियन्त्रणमा ल्याउन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .