ad ad

समाज


बसले किचेर बालकको मृत्यु भएपछि बट्टारमा तनाव

बसले किचेर बालकको मृत्यु भएपछि बट्टारमा तनाव

नेपालखबर
असोज २९, २०७६ बुधबार ९:१६,

नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ। तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटेका छन् भने बस तोडफोड भएको छ। घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो। मृतकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .