समाज


ख्याति हत्या प्रकरण : १२ वर्षमा जेल मुक्त भइन् मेरिना

ख्याति हत्या प्रकरण : १२ वर्षमा जेल मुक्त भइन् मेरिना

नेपालखबर
असार २८, २०७८ सोमबार १५:२२,

काठमाडौं अनामनगरकी १९ वर्षीया ख्याति श्रेष्ठको हत्यामा कैद सजाय तोकिएकी मेरिना शाक्य जेलमुक्त भएकी छन्।

सुन्धारा कारागारले उनलाई सोमबार कैदमुक्त गरेको कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए।

१३ वर्ष ४ महिना कैद सजाय तोकिएपनि उनी १२ वर्षमै कैद मुक्त भएकी हुन्। उनले जेलभित्रको महिला बन्दी गृहको विद्यालयमा शिक्षीकाको रुपमा काम गरेकी थिइन्। त्यसबापत उनको एक वर्ष ४ महिना कैद कट्टा भएको थियो।

‘हामीलाई बिहानै कारागार व्यवस्थापन विभागबाट पत्र प्राप्त भयो, उहाँ छुटिसक्नुभयो’, बाँस्कोटाले नेपालखबरसँग भने।

२०६६ जेठ २२ गते अनामनगरकी ख्यातीको अपहरणपछि क्रुरतापुर्ण हत्या भएको थियो। ख्यातिको शव टुक्राटुक्रा पारिएको अवस्थामा ललितपुर, काठमाडौं र चितवनमा फेला परेको थियो।

ख्याती श्रेष्ठको हत्याका मुख्य दोषी काठमाडौंको सोह्रखुट्टेका वीरेन श्रेष्ठलाई भने अपहरण तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उनलाई नख्खु कारागारमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad