ad ad

समाज


इराकको बग्दादस्थित अमेरिकी दूतावसमा तीन रकेट र ड्रोन बम आक्रमण

इराकको बग्दादस्थित अमेरिकी दूतावसमा तीन रकेट र ड्रोन बम आक्रमण

रकेट


नेपालखबर
असार २४, २०७८ बिहिबार १२:४४,

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावसमा बिहीबार तीन वटा रकेट र ड्रोन बम आक्रमण भएको छ।

एएफपीका अनुसार अमेरिकी दूतावासमा रकेट र ड्रोन आक्रमण भएको विषय इराकी सेनाले पुष्टि गरेका छन्।

रोयटर्सका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा अमेरिकी दूतावास लक्षित आक्रमणहरु भएका हुन्। 

यद्यपी सबै आक्रमणको प्रयास दूतावासको एन्टी मिसाइल प्रणालीले असफल बनाएको समाचारमा जनाइएको छ।

दूतावासमा मात्र नभएर ग्रिन जोन क्षेत्रमा पनि आक्रमण भएको बताइएको छ। कसले आक्रमण गरेको भनेर केही खुलाइएको छैन।

यद्यपी इरानको समर्थन प्राप्त लडाकुहरुले यो आक्रमण गरेको अनुमान लगाइएको छ। 

इरान र अमेरिकाबीच युरेनियम प्रशोधनको विषयमा विवाद छ भने गतवर्ष अमेरिकाले इरानकी सैन्य कमाण्डर कासिम सुलेमानीलाई आतंकवादी भन्दै ड्रोन आक्रमण गरेर मारिदिएको थियो।

खबरकाअनुसार इराकमा २५ सय अमेरिकी सेना तैनाथ छन्। उनीहरुमाथि यसवर्ष हालसम्म ५० पटकभन्दा बढी आक्रमण भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .