ad ad

अटो


भारतमा सर्वाधिक लोकप्रिय मारूती सुजुकी, बजार हिस्सा साढे ४० प्रतिशत

भारतमा सर्वाधिक लोकप्रिय मारूती सुजुकी, बजार हिस्सा साढे ४० प्रतिशत

नेपालखबर
असार २४, २०७८ बिहिबार १२:३०,

भारतमा प्यासेन्जर भेहिकलमा सबैभन्दा बढी हिस्सा मारूती सुजुकीले ओगटेको छ। 

जुन महिनामा मारुती सुजुकीले सबैभन्दा बढी  ४०.६ प्रतिशत बजार हिस्सा ओगटेको छ।

फेडेरेसन अफ अटोमोबाइल डिलर एसोसिएसन (फाडा)को तथ्यांकअनुसार मारुती सुजुकीले २०२१ को जुनमा ७४ हजार ७५२ गाडी बिक्री गरेको छ। 

हुन्डाई मोटर्स दोस्रोमा रहेको छ। जसले १८.७ प्रतिशत बजार हिस्सा ओगट्दै ३४ हजार ४३१ बिक्री गरेको छ। 

टाटा मोटर्सले २० हजार ३७३ वटा गाडी बिक्री गरेको छ भने किया मोटर्सले १४ हजार ८७५ वटा गाडी बिक्री गरेको छ।

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड १२ हजार ३९२ प्यासेन्जर गाडी बिक्री गरेको छ।

त्यस्तै रेनोले ५ हजार ४८१, टोयोटा ५ हजार २७९, होन्डा कार ४ हजार ६८८, फोर्ड २ हजार ७९०, एमजी २ हजार ६६३, निशान मोटर्स २ हजार १९५ स्कोडा १ हजार ७४७, मर्सिडिज ५४३ वटा बिक्री गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .