ad ad

समाज


सुजिता भण्डारीको मृत्युको विरोधमा चितवनमा कर्फ्युमा पनि महिलाहरुको प्रदर्शन

सुजिता भण्डारीको मृत्युको विरोधमा चितवनमा कर्फ्युमा पनि महिलाहरुको प्रदर्शन

सुजिता भण्डारीकाे मृत्युकाे विराेधमा महिलाकाे प्रदर्शन। तस्बिर साैजन्यः प्रतिमा सिलवाल


नेपालखबर
असार २३, २०७८ बुधबार १६:१७,

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर अधिकारकर्मी महिलाहरुले आज पनि विरोध प्रदर्शन गरिरहेका छन्। 

केही दिनयता भण्डारीको मृत्यु शंकास्पद भन्दै विरोध चर्किरहेको छ। 

हुलदंगा बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले कर्फ्यू नै जारी गरेको छ। 

स्थानीय तथा आफन्तले ढुंगामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचनामा तोडफोड, आगजानी तथा हुलदंगा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकाले कफ्र्यू जारी गरेको प्रशासनले दाबी गरेको छ। 

मंगलबार साँझ साढे ७ बजेदेखि बुधबार बेलुकी साढे ७ बजेसम्म कर्फ्यू जारी गरिएको हो। 

यो अवधिमा लामो दूरीका बाहेक सवारी साधान सञ्चालन गर्न, हिँडडुल गर्न, भेला हुन प्रशासनको स्वीकृतिविना घरबाहिर निस्कन समेत नपाइने प्रशासनले जनाएको छ। 

पूर्वपश्चिम राजमार्गको राप्ति नगरपालिका १ लोथरपुलदेखि राप्ति नगरपालिका ४ डढुवासम्मको राजमार्ग दायाँबायाँ ५ सय मिटरका क्षेत्रमा कर्फ्यू लागू हुने प्रशासनको भनाइ छ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अहिलेकै जस्तो सामान्य अवस्था भए कर्फ्यु बेलुकी साढे ७ बजेपछि हट्ने नेपालखबरलाई जानकारी दिए। 

यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर घरबाट निस्किएकी भण्डारी आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत फेला परेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .