ad ad

राजनीति


राष्ट्रिय सभा सांसदको जिकिर : प्रतिनिधि सभा विघटन उचित

राष्ट्रिय सभा सांसदको जिकिर : प्रतिनिधि सभा विघटन उचित

नेपालखबर
असार २३, २०७८ बुधबार १६:१३,

नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले प्रतिनिधि सभा विघटन उचित भएको जिकिर गरेका छन्। 

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गरे।

उनले भने, ‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यसको औचित्य के रहन्छ? प्रयोजन के रहन्छ? प्रश्न उठ्दैन र? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुनजान्छ भन्ने मलाई लाग्छ।’

उनले के जनताको बिच जाने कुरा अलोकतान्त्रिक हो? भनी प्रश्न गरे।

भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरे। बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौं मेरो यो अनुरोध छ।’

वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ गरे।

उनले सरकार बनाइदिनुपर्‍याे भनेर अदालतमा मुद्दा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरे। 

उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौति दिए।

उनले भने, ‘म चुनौति दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औँलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन।’

उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .