बौद्ध धर्मगुरु दलाई लामा मंगलबार ८६ औं वर्षका भएका छन्।
भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा हिमाचल प्रदेशको धरमशालामा बसोबास गरिरहेका छन्।
देश विदेशबाट उनलाई जन्मदिनको शुभकामना दिने क्रम जारी रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दलाई लामालाई जन्मदिनको शुभकामना दिएका छन्।
उनले टेलिफोनमार्फत् दलाई लामाको लामो र स्वस्थ जीवनको कामना गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
धरमसालाले लामा र मोदीबीच बिहानै २० मिनेट कुराकानी भएको जानकारी दिएको छ।
आफ्नो जन्मदिनमा दलाई लामाले आफूले भारतको स्वतन्त्रता र धार्मिक सद्भावको पूर्ण फाइदा लिएको बताउँदै प्राचीन भारतीय ज्ञानलाई पुनर्जीवित गर्न आफू प्रतिबद्ध भएको पनि बताए छन्।
— Narendra Modi (@narendramodi) July 6, 2021Spoke on phone to His Holiness the @DalaiLama to convey greetings on his 86th birthday. We wish him a long and healthy life.
वास्तविक नाम तेन्जिन ग्यात्सो भएका उनी १४ औं दलाई लामा हुन्। उनले भारतको धर्म निरपेक्ष अवधारणलाई सम्मान गर्ने बताएको जनाइएको छ।
६२ वर्षयता तिब्बतबाट निर्वासनमा रहेका उनी तिब्बती नागरिक र विश्वकैलाई संघर्ष को प्रतीक मानिन्छन्।
चीनले सन् १९५० मा तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो। उसले दलाई लामालाई पृथकतावादी नेता मान्छ।
तिब्बतमा चीनले आफ्नो प्रभाव बढाएको बेला चीनविरोधी विद्रोह असफल भएपछि दलाई लामा भागेर सन् १९५९ मा भारत निर्वासनमा गएका हुन्।
Shares

प्रतिक्रिया