समाज


सामुहिक बलात्कारका दुई आरोपी कारागार चलान, पाँच जना फरार

सामुहिक बलात्कारका दुई आरोपी कारागार चलान, पाँच जना फरार

नेपालखबर
असार २१, २०७८ सोमबार २१:४२,

सप्तरीमा किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ।  

कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन्। १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा मण्डल पक्राउ परेका थिए। जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको एकल इजलाशले उनलाई आज पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो। 

उक्त घटनामा यसअघि पक्राउ परेका रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डल कारगारमा कैद छन्। जिल्ला अदालतले वेदप्रकाशलाई गत पुस १२ गते सात वर्ष कैद सजायको फैसला गरेको थियो। 

अन्य आरोपितमध्ये रुपनी गाउँपालका–६ वीरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल, २० वर्षीय विद्यानन्द सरदार, २८ वर्षीय आनन्द सरदार र २८ वर्षीय ओमप्रकाश मण्डल हालसम्म पक्राउ परेका छैनन्।

रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माविमा ०७६ जेठ ४ गते साँझ कञ्चनरुप नगरपालिका–११ ठेलियाका साथीले बोलाएर गएकी पीडितलाई अकस्मात आएका आरोपितहरुले सामूहिक बलात्कार गरेको पीडितले बताएकी छन्।

कक्षा ११ को परीक्षा दिन आफन्तको घर आएकी पीडितसँग कुराकानी गरिरहेका साथीलाई आरोपितहरुले कुटपिट गरी बलात्कार गरेको उनले बताइन्।  घटनालगत्तै ०७६ जेठ ५ गते पक्राउ परेका वेदप्रकाशको बयानका आधारमा अन्य आरोपितहरु पहिचान भएको थियो।

आरोपित सात जनामध्ये फरार रहेका पाँच जनाको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad