पाँचथर फिदिममा भएको आगलागीमा जलेर नन्द-भाउजूको मृत्यु भएको छ।
गएराति फिदिम नगरपालीका ८ घमाउनेटारका मेखबहादुर गुरुङको घरमा भएको आगलागीमा परी उनका छोरी २२ वर्षीया ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले राति १ बजेतिर अचनाक भएको आगलागीमा परी मेखबहादुर गुरुङ रविजेन्द्र गरुङ घाइते भएका छन्।
ढुङ्गा माटो, काठले बनेको टिनको छानो भएको तीनतले घरमा भएको आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।


प्रतिक्रिया