अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउनेगरी नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच पार्टी एकता गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला एमाले नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्।
उनले एमालेमा रहन चाहने समाजवादीका नेता/कार्यकर्तालाई सदस्यता नवीकरण गर्न आग्रह गरेका छन्। त्यो नै पार्टी एकता भएको उल्लेख गर्दै एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध व्यंग्य पनि गरेका छन्।
एमालेबाट अलग हुँदै नयाँ पार्टी (एकीकृत समाजवादी) गठन गर्ने बेला नेत्री झाँक्रीले माधवकुमार नेपाललाई तानेर निर्वाचन आयोगतर्फ लगेको दृश्य निकै भाइरल भएको थियो।
‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन। जसलाई एमालेमा रहन मन छ, उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ’, बाँस्कोटाले बुधबार बिहान ट्विट गरेका छन्, ‘अहिलेको परिप्रेक्ष्यमा त्यै हो पार्टी एकताको सजिलो विधि। रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउनचैँ नखोज्नु नि! व्यर्थै कारबाहीमा परिएला है।’
Shares
प्रतिक्रिया