राजनीति


सुदूरपश्चिममा कांग्रेस-एमालेबाहेक अरुको सरकार बन्दैन: गगन थापा

मधेशमा पनि कांग्रेस नेतृत्त्वकै सरकारले निरन्तरता पाउने दाबी
सुदूरपश्चिममा कांग्रेस-एमालेबाहेक अरुको सरकार बन्दैन: गगन थापा

नेपालखबर
बैशाख २६, २०८३ शनिबार १७:४३, कञ्चनपुर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस र एमालेबाहेक सुदूरपश्चिम प्रदेशमा अन्य समीकरणमा सरकार नबन्ने बताएका छन्। 

शनिबार कैलालीको धनगढीमा आयोजित कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रदेशमा कांग्रेस र एमालेबाहेक अन्य समीकरण बन्ने सम्भावना नरहेको दाबी गरे। 

प्रदेश सरकारको विषयमा अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै सभापति थापाले नेतृत्व परिवर्तन वा सरकार सञ्चालनसम्बन्धी विषय दुई दलबीचकै छलफलको विषय भएको बताए। 

‘अहिले कांग्रेस–एमालेको संयुक्त सरकार छ। त्यसभित्र नेतृत्व आउने जाने, सरकार सञ्चालनसम्बन्धी समझदारी कांग्रेस र एमालेबीचकै छलफलका विषय हुन्,’ उनले भने, ‘यसबाहेक अर्को सरकार बन्छ भन्ने अलमलमा रहन आवश्यक छैन।’ 

सभापति थापाले मधेश प्रदेशमा हाल कायम सत्ता समीकरणले नै निरन्तरता पाउने पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad