सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार आइतबार सम्पन्न मतदानमा कांग्रेसका खाती ३ हजार ९६९ मतभार प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का टीकाराम जैशीले एक हजार ८०५ मतभार प्राप्त गरेका छन्।
त्यस्तै, महिलातर्फ नेकपा (एमाले) की लीला भण्डारी निर्वाचित भइसकेकी छन्। भण्डारीले तीन हजार ९९४ मतभार प्राप्त गरिन्।
उनकी प्रतिस्पर्धी नेकपाकी रोजी बस्नेतले एक हजार ६७५ मत प्राप्त गरेकी थिइन्। एमाले र कांग्रेसले गठबन्धन गरेका थिए।
141
Shares

प्रतिक्रिया