राजनीति


सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न सकेन: हर्कराज राई

सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न सकेन: हर्कराज राई

नेपालखबर
असार १९, २०८३ शुक्रबार १५:५३, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफनो सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन्।

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन्।

अध्यक्ष राईले सरकारले केही गर्ने कोशिस गरेपनि जनताले महशुस हुनेगरी परिणाम दिन नसकेको दाबी गरे।

उनले महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए। सरकारले सय दिनमा गरेका कामहरूको जनताले महशुस गरेजस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको भनाई छ। 

उनले भने, ‘कोशिस उहाँहरूले गर्नुभएको हो। तर रिजल्ट चाहिँ जनतालाई त्यति महशुस भएको छैन। रिजल्ट भएको महशुस हुुनुपर्दछ। महंगी धेरै भयो। अब महंगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो।’

अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे। उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुशी भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad