राजनीति


कार्यालय बन्द गरेर कर्मचारीसहित जनप्रतिनिधि भ्रमणमा, स्थानीयले गरे वडामा तालाबन्दी

कार्यालय बन्द गरेर कर्मचारीसहित जनप्रतिनिधि भ्रमणमा, स्थानीयले गरे वडामा तालाबन्दी

सुभाष कर्ण
चैत १५, २०८२ आइतबार २०:७, जनकपुरधाम

बजेट दुरुपयोग गरेको आरोप लगाउंदै धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित वडा कार्यालयमा स्थानीयले आइतबार तालाबन्दी गरेका छन्। स्थानीयवासीले जनप्रतिनिधि र कर्मचारीले वडाको बजेट दुरुपयोग गरी आ—आफ्ना श्रीमती तथा आफन्तलाई धार्मिक तथा पर्यटकीय भ्रमणमा लगेको आरोप लगाएका छन्।

सार्वजनिक सेवा प्रवाहलाई बेवास्ता गर्दै जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थका लागि बजेट खर्च गरेको कारण बाध्य भएर तालाबन्दी गर्नु परेको स्थानीय विनोद यादवले बताए। अर्का स्थानीय गणेश महतोले जनताको काम प्रभावित हुने गरी कार्यालय बन्द गरेर सरकारी बजेटमा आफन्तलाई भ्रमणमा लग्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गरे। उनले जनप्रतिनिधिलाई कारवाही गर्नुपर्ने माग पुरा नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिए। 

तालाबन्दी गर्नेहरूले भ्रमण सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न, खर्चको पारदर्शिता कायम गर्न र यी सबै प्रक्रियाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। तालाबन्दीका कारण वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा ठप्प भएको छ । 
वडा कार्यालयले चैत १० गते एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारी धार्मिक तथा पर्यटकीय भ्रमणमा जाने भएकोले पाँच दिनका लागि सेवा बन्द रहने जानकारी गराएको थियो। भ्रमणमा रहेका वडाध्यक्ष रामचन्द्र मण्डलले सबै राजनीतिक दलको सहमतिमा पूर्वनिर्धारित कार्यक्रम अनुसार भ्रमणमा आएको दाबी गरेका छ्न ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad