राजनीति


आविष्कार केन्द्रद्वारा निर्मित धान काट्ने मेसिनको भिडिओसहित महावीरको दुखेसो: आफैँले बजेट छुट्याउनु अनैतिक हुन्छ

आविष्कार केन्द्रद्वारा निर्मित धान काट्ने मेसिनको भिडिओसहित महावीरको दुखेसो: आफैँले बजेट छुट्याउनु अनैतिक हुन्छ

नेपालखबर
असोज २७, २०८२ सोमबार १०:२०, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानाका लागि सरकारी बजेट आवश्यक रहेको बताएका छन्। 

आफू मन्त्री बने पनि आविष्कार केन्द्रले त्यो कारखाना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले त्यसको आर्थिक स्रोत भनेको आफ्नो आत्मकथा किताब बेचेको पैसा र दाताहरूको दान मात्र भएको बताएका छन्। 

पहिलेका सरकारहरूले कारखानालाई बेवास्ता गरेको गुनासो गर्दै पुनले अहिले आफू मन्त्री भएकाले त्यसका लागि आफैँले बजेट छुट्याउँदा अनैतिक हुने दुखेसो गरेका छन्।

‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखाना चलाइरहेकै छ। आर्थिक स्रोत भनेको मेरो आत्मकथाको किताब बेचेको पैसा र दाताहरूले दान गरेको पैसा हो’, मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री भएर कारखानाको लागि म आफैँले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारहरूले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ।’

उनले वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनलाई पुरानो हाते ट्रयाक्टरमा जोडेर धान काटिरहेको भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन्। 

उनका अनुसार त्यो धान काट्ने मेसिनको परीक्षण भइरहेको छ र परीक्षण सफल भएपछि उत्पादन सुरु हुन्छ।

हेर्नुहोस् मेसिनको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad