समाज


पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर ब्युरोमा उजुरी

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर ब्युरोमा उजुरी

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०८२ सोमबार १०:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। 

सार्वजनिक सञ्चार माध्यममार्फत पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र झुटा आरोप लगाएको भन्दै सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन)ले जानकारी दिएका छन्। 

केही दिनअघि सुवेदीले एउटा अन्तर्वार्ताका क्रममा जेनजी आन्दाेलनकाे बेला प्रचण्डको निवास जलाइनुभन्दा दुई दिनपहिले नै उनको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालेर लुकाइएको अभिव्यक्ति दिएका थिए। 

सुवेदीकाे यस अभिव्यक्तिले नेतृत्वविरुद्ध पूरै गलत र तथ्यहीन प्रचार गरी भ्रम सिर्जना गरेर चरित्रहत्या गरेकाले उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दिइएको दाहालको भनाइ छ। 

‘सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुर गरिएको छ। संयोजकको सचिवालयका तर्फबाट हिजो ब्युरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ,’ नेता दाहालले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad