राजनीति


प्रदेश १ सरकार बनाउन आह्वान, आइतवारसम्म दाबी पेश गर्नुपर्ने

प्रदेश १ सरकार बनाउन आह्वान, आइतवारसम्म दाबी पेश गर्नुपर्ने

नेपालखबर
पुस १७, २०७९ आइतबार १२:३१, विराटनगर

प्रदेश १ प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् 

मंसिर ४ को निर्वाचनम कुनै पनि दलले बहमुत पुर्‍याउन नसकेपछि प्रदेश प्रमुख खापुङले एकसाताको समय दिएर संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणका आह्वान गरेका हुन्। 

संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश १ मा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेकाले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले  बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

'मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/२४ गते आइतबार बेलुकी ५:०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ', खापुङले भनेका छन्। 

संविधानको धारा १६८ को उपधारा ३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।

प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको १६ दिन पछि प्रदेश प्रमुखले सरकार गठनका लागि आब्हान गरेका हुन। प्रदेश सरकार गठनमा ढिलाइ हुनुका साथै पुरानै सरकारको आयु लम्बिरहेको छ।

प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेका हुन।

प्रदेश १ मा सबे भचन्द्या ठुलो दल एमालेको ४० सिट रहेको छ। कांग्रेस २९ माओवादी केन्द्र १३, एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट छ।

एकल बहुमतको सरकार निर्माणको लागि ४७ सिट संख्या आवश्यक पर्छ। प्रदेश एकमा सरकार निर्माणको लागि प्रष्ट बहुमत पुग्ने अवस्था छैन।

तर केन्द्रमा फेरिएको समीकरण अनुसार एमाले र माओवादी मिलेमापनि सुविधासहितको सरकार गठन हुने अवस्था छ।

प्रदेश १ मा सरकारको नेतृत्वका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की र नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले गरेका छन्। यी दुवै नेता सम्बन्धित दलका नेतामा चयन भइसकेका छन्। 

यहाँ गत आइतवार निर्मित सत्ता गठबन्धनको बहुमत छ। अहिले यहाँ एमाले, माओवादी र राप्रपा मिलेर सजिलै सरकार बनाउन सक्छन्।

त्यहाँ अहिले सात दलीय गठबन्धनमा रहेका एमालेका ४०, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादीका १ सहित ६० सांसद हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .