नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले जनताको अधिकार सुनिश्चित गर्न एकताबद्ध हुनुपर्ने बताए।
शुक्रबार रौतहट-१ को झुन्खुन्वामा आयोजित प्रवेश कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले युवाको सहभागिताले रौतहटको विकास लागि सहयोग पुगेको बताए। कार्यक्रममा नेपालले नेकपा (एमाले)बाट नेकपामा प्रवेश गरेका नौसाद हापीसहितका युवालाई स्वागत गरेका थिए।
युवाको उत्साहजनक सहभागिताले परिवर्तन र समृद्धिको अभियानलाई थप बल पुगेको उनको भनाइ थियो। ‘रौतहटको विकास, रोजगारी सिर्जना र जनताको अधिकार सुनिश्चित गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दछु,’ नेपालले भने।
प्रतिनिधि सभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री नेपाल रौतहट-१ बाट उम्मेदवार बनेका छन्।
63
Shares

प्रतिक्रिया